एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने « Khabarhub

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार यो सङ्ख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०.१ प्रतिशतले वृद्धि भएको हो, जसले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई यात्राको बढ्दो मागलाई प्रतिबिम्बित गर्दछ ।

एयर चाइनाले चीनका प्रमुख आर्थिक तथा जनघनत्वयुक्त क्षेत्रहरूबीच उडान सेवा थप सुदृढ गर्ने जनाएको छ । बेइजिङ–तियान्जिन–हेबेई क्षेत्र, याङ्त्से नदी डेल्टा, ग्वाङडोङ–हङकङ–मकाउ ग्रेटर बे एरिया तथा छेन्दु–छोङछिङ क्षेत्रजस्ता सहर समूहहरूलाई केन्द्रमा राख्दै उच्च आवृत्तिका उडान सञ्चालन गरिनेछ । यसले व्यापार, पर्यटन तथा पारिवारिक यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार उत्तरपूर्वी चीनतर्फका उडानमा यात्रु क्षमता गत वर्षको यात्रा अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि गरिनेछ । चिसो मौसम र लोकप्रिय पर्यटकीय गन्तव्यका कारण सो क्षेत्रतर्फको यात्रु चापलाई व्यवस्थापन गर्न अतिरिक्त सिट क्षमता थपिएको हो । 

त्यस्तै, सान्या जस्ता अत्यधिक माग भएका पर्यटकीय गन्तव्यतर्फका सबै उडानहरू वाइड–बडी (ठूला) विमानमार्फत सञ्चालन गरिने एयर चाइनाले जनाएको छ, जसले यात्रु सुविधा र वहन क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ ।

यात्राको चरम अवधिमा एयर चाइनाले चीनमै विकसित नौ वटा ऋ ९१९ विमानलाई समेत व्यावसायिक उडानमा प्रयोग गर्ने योजना बनाएको छ । यी विमानहरू बेइजिङबाट हाङझोउ, छेन्दु, उहान र सियानजस्ता प्रमुख सहरहरूतर्फ सञ्चालन गरिनेछन्। स्वदेशी विमानको प्रयोगले चीनको नागरिक उड्डयन उद्योगको प्राविधिक क्षमता र आत्मनिर्भरताको स्तरलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान सञ्जाल विस्तारतर्फ पनि एयर चाइनाले विशेष ध्यान दिएको जनाएको छ । सीमापार यात्राको बढ्दो मागलाई सम्बोधन गर्न सिड्नी, अकल्याण्ड, सिंगापुर, सिउल र बैंककजस्ता प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यतर्फ थप उडान थपिनेछ । यस कदमले अन्तर्राष्ट्रिय पर्यटन, व्यापारिक सम्पर्क तथा सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एयर चाइनाले पर्याप्त उडान संख्या, सिट क्षमता विस्तार तथा सेवा गुणस्तर सुधारमार्फत यात्रुहरूलाई सुरक्षित, सहज र प्रभावकारी यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ६ : ३९ बजे

एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज  सुनको मूल्य बढेको छ । नेपाल

अमेरिकालाई रातो कार्ड कति महँगो पर्ला ?

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला