प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु ३८ लाख ७७ हजार ७२४ सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट सङ्कलन भएको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले व्यक्तिगत प्रयोगमा ल्याएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा अस्पतालका आठ वटा बिल काउन्टरबाट कूल रु तीन करोड ८७ लाख ६६ हजार ९७४ सङ्कलन भएको सफ्टवेयरमा देखिएको थियो तर, अस्पतालको आधिकारिक अभिलेखमा भने रु तीन करोड ४८ लाख ८९ हजार २५० मात्र दाखिला भएको पाइयो । सफ्टवेयरमा देखिएको र बैंकमा जम्मा गरिएको रकमबीचको रु ३८ लाख ७७ हजार ७२४ कर्मचारीहरूले बदनियतपूर्वक हिनामिना गरेको आयोगले जनाएको छ ।

अस्पतालका तत्कालीन प्रमुखहरू डा नागेन्द्रप्रसाद यादव र डा सरोज यादवले सफ्टवेयरमार्फत दैनिक आम्दानीको विवरण हेर्न सक्ने अधिकार भए पनि रकम कम जम्मा भएको जानकारी हुँदाहुँदै मौन बसेर अन्य कर्मचारीलाई भ्रष्टाचारमा सघाएको अख्तियारको दाबी छ ।

यस प्रकरणमा आयोगले अस्पतालका तत्कालीन प्रमुखद्वय डा नागेन्द्र र डा सरोज, तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोककुमार यादवलाई जनही रु ३८ लाख ७७ हजार ७२४ बिगो कायम गरी विपक्षी बनाएको छ ।

त्यस्तै, बिल काउन्टरमा कार्यरत अहेब श्यामकुमार मण्डललाई रु २५ लाख ४७ हजार ४१७, सहायक कर्मचारीहरू सरस्वतीकुमारी यादवलाई रु पाँच लाख दुई हजार ८१३, अजयकुमार मण्डललाई रु तीन लाख ७९ हजार २१, पूजाकुमारी यादवलाई रु दुई लाख ८८ हजार २२९ र रोशनकुमार यादवलाई रु एक लाख ६४ हजार ६५९ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस भ्रष्टाचार प्रकरणमा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि सरकारी बिगो असुल गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ । मृतक मण्डलको हकमा फौजदारी कसुरको कैद सजाय मागदाबी लिन नमिल्ने भए तापनि भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्थाअनुसार हानिनोक्सानी भएको रु ३८ लाख ७७ हजार ७२४ उनको हक खाने श्रीमतीबाट असुल गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ९ : १२ बजे

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो