बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन « Khabarhub

बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले बहराइन, जोर्डन र इराकमा रहेका गैर–आकस्मिक सेवामा कार्यरत आफ्ना सरकारी कर्मचारी र उनीहरूका परिवारलाई ती मुलुक छाड्न निर्देशन दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा सुरक्षा अवस्था अस्थिर बन्दै गएकाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी नागरिकलाई ती मुलुकको यात्रा नगर्न पनि आग्रह गरेको छ।

इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा क्षेत्रीय तनाव चर्किएको छ। इरानले आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।

यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाइएको दाबी गरेको छ। बग्दादस्थित अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार सयौँ प्रदर्शनकारीले प्रवेश गर्ने प्रयास गरेका थिए। त्यस्तै, अम्मानमा रहेको अमेरिकी दूतावासले अज्ञात सुरक्षा खतराका कारण अस्थायी रूपमा कर्मचारीहरू खाली गरिएको जनाएको छ।

उता साउदी अरबले इरानको जबाफी कारबाहीपछि एक दर्जनभन्दा बढी क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको दाबी गरेको छ।

क्षेत्रीय तनाव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १ : २२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा