एक पटक होइन, आठ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार साह « Khabarhub

एक पटक होइन, आठ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार साह


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर, आठ पटसम्म कालोसूचीमा परेको भेटिएको छ।

धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार साह ८ पटकसम्म कालोसूचीमा परेको विवरण भेटिएको हो ।

साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी खारेज गरिएको जानकारी मंगलबार निर्वाचन आयोगले दिएको छ।

मधेश प्रदेश सभाका पूर्वसदस्य साहलाई रास्वपाले उम्मेदवार बनाएपछि यसअघि नै आयोगमा उजुरी परेको थियो । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परे पनि आयोगले बेवास्ता गरिरहेको थियो ।

तर आयोगले आवश्यक छानबिनको निष्कर्ष आएको भन्दै मंगलबार उनको उम्मेदवारी खारेज गरिदिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उजुरी अनुसारको प्रमाण पर्याप्त भेटिएपछि उम्मेदवारी खारेज गरिएको जनाएको छ ।

आठ पटक कालोसूचीमा

कर्जा सूचना केन्द्रले उपलब्ध गराएको विवरणमा साह सबैभन्दा पहिले २०८० वैशाख १७ गते नै कालोसूचीमा थिए । साह निर्माण व्यवसायी हुन् । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनीका रुपमा रहेका छन् ।

त्यसबेला साहसँगै साझेदार अञ्जली साह पनि कालोसूचीमा परेकी थिइन् । त्यसपछि २०८० असोज १७ गते किशोरीसँगै सञ्जित कुमार साह पनि दोस्रो पटक कालोसूचीमाा परे । त्यही मितिमा फेरि उनीहरू दुवै कर्जा सूचना केन्द्रको अर्को कालोसूचीमा परेको रेकर्ड भेटिएको छ।

त्यसलगत्तै २०८० असोज १९ गते साहसहित रामकुमार महासेठलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्यो । त्यसपछि २०८० असोज २१ गते साह र महासेठलाई फेरि अर्को पटक कालोसूचीमा राखियो ।

उनले गरेको बदमासीका कारण कर्जा सूचना केन्द्रले २०८० माघ २२ गते फेरि कालोसूचीमा राख्यो । उनीसँगै सञ्जितकुमार साह पनि फेरि कालोसूचीमा परे ।
साहलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर चुनावमा होमिइसकेको अवस्थामा यही माघ ४ गते उनलाई कालोसूचीमा राखियो । त्यसपछि यही १० गते पनि साहलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ।

विवादै विवादले कालोसूचीमा परेका साहको उम्मेदवारी खारेज भएसँगै त्यहाँ अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उक्त निर्वाचन क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, कांग्रेसका रामपलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादव प्रतिस्पर्धामा छन् । अहिले पनि त्यहाँ ४२ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : ५३ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली