फेवा नव वर्ष महोत्सवको तयारी तीव्र « Khabarhub

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ । 

होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म हुन लागेको २१ औं संस्करणको फेवा नववर्ष महोत्सवको तयारी तीव्र पारिएको हो ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यही चैत २९ गतेदेखि सुरु हुने फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । 

वैशाख १ गतेसम्म खहरेचोक देखि सहिदचोकको बिच सडकमा सञ्चालन हुने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई महत्व दिएर महोत्सव सञ्चालन हुने उनले बताए ।

महोत्सवको अवसरमा पर्यटकहरूलाई लक्षित गरी सांस्कृतिक कार्यक्रमसँगै, खाना प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, कन्सर्ट प्रमुख आकर्षकको रूपमा राखिएको छ ।

महोत्सव सफल बनाउन नेपालका विभिन्न सहरहरूमा पुगेर होटल संघ पोखराले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा जाउँ है पोखरा अभियानबाट फेवा नववर्ष महोत्सवको निमन्त्रणा गरेको छ । 

महोत्सव अवधिभर करिब ३ लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएका छन् । होटल संघ पोखरा नेपालमा करिब ४ सय २५ वटा होटल आबद्ध छन् भने, १५ हजार बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १२ : १८ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण