रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान « Khabarhub

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका नगरपालिकाले स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सम्पन्न गरेको छ । 

सामुदायिक कुकुर तथा बिरालोहरू जंगली जनावरसँग सम्पर्कमा आउने भएकाले रोग फैलिने जोखिम उच्च हुने भन्दै अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 
 
नगरपालिकाका पशु चिकित्सक डा राजुप्रसाद न्यौपानेले नेपाल सरकारको लक्ष्यअनुसार रेबिज नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। अभियानअन्तर्गत नगरपालिकाका सबै वडामा पुगेर कुकुर तथा बिरालो संकलन गरी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाइएको उनले जानकारी दिए ।

यही चैत १२ देखि १४ गतेसम्म दुई सय ७२ कुकुर र दुई बिरालोको स्थायी बन्ध्याकरण गरिएको थियो । 

‘यो कार्यक्रम गतवर्ष सञ्चालन गरिएको थियो, त्यसको निरन्तरता र सामुदायिक कुकुर बिरालो नियन्त्रणलाई अझ प्रभावकारी बनाउन यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो’, डा. न्यौपानेले भने। 

नेपाल सरकारले सन् २०३० सम्म कुकुर तथा बिरालोका कारण हुने रेबिजबाट मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको र सोही लक्ष्यअनुसार ‘एनिमल बर्थ कन्ट्रोल’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको जनाइएको छ । गतवर्ष करिब एक सय ५० कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको थियो । 

बन्ध्याकरणपछि स्वास्थ्य अवस्था जाँच गरी आवश्यक उपचारसमेत गरिएको डा न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १२ : ३७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम