पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार « Khabarhub

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्यांकले जनाएको छ ।

पाकिस्तान तथ्यांक विभागका अनुसार औद्योगिक क्षेत्र ७.४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ । सेवा क्षेत्र ३.६९ प्रतिशत र कृषि क्षेत्र १.७६ प्रतिशतले वृद्धि भएको छ ।

यो तथ्यांक राष्ट्रिय लेखा समितिको ११६औँ बैठकबाट अनुमोदन गरिएको हो । उक्त समितिले पहिलेका तथ्यांकहरूमा पनि केही संशोधन गरेको छ ।
पहिलो त्रैमासको आर्थिक वृद्धि दर ३.७१ प्रतिशतबाट घटाएर ३.६३ प्रतिशत कायम गरिएको छ ।

 कृषि र औद्योगिक क्षेत्रको तथ्यांक घटाइएका कारण यस्तो संशोधन गरिएको हो । पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धि २.७२ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धि ८.८६ प्रतिशत कायम गरिएको छ । सेवा क्षेत्र भने केही सुधार भई २.४४ प्रतिशत पुगेको छ ।

वार्षिक आधारमा हेर्दा, आर्थिक वर्ष  (सन् २०२३–२४) को कुल गार्हस्थ उत्पादन वृद्धि दर २.६३ प्रतिशतबाट घटाएर २.६२ प्रतिशत गरिएको छ भने आर्थिक वर्ष (२०२४–२५) को वृद्धि दर ३.०९ प्रतिशतबाट घटाएर ३.०६ प्रतिशत कायम गरिएको छ ।

दोस्रो त्रैमासमा प्रमुख बाली उत्पादनमा केही गिरावट आए पनि पशुपालन तथा सम्बन्धित क्षेत्रहरूमा सुधार देखिएकोले कृषि क्षेत्रमा सामान्य वृद्धि कायम भएको छ ।

औद्योगिक क्षेत्रको वृद्धि ठूलो मात्रामा उत्पादन उद्योग, निर्माण कार्य तथा विद्युत् र उपयोगिता सेवाहरूको विस्तारबाट सम्भव भएको हो । उत्पादन उद्योग मात्र ५.७१ प्रतिशतले विस्तार भएको छ ।

सेवा क्षेत्रले पनि स्थिर वृद्धि कायम गरेको छ, जसमा थोक तथा खुद्रा व्यापार, यातायात, वित्तीय सेवा तथा सार्वजनिक सेवाहरूको योगदान रहेको छ ।
 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १२ : ५९ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु