सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति « Khabarhub

सभामुखमा रास्वपालाई सघाएर उपसभामुख लिने नेकपाको रणनीति


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सभामुखमा उम्मेदवारी नदिने भएको छ।

यस पार्टीले सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डीपी अर्याललाई सहयोग गर्ने भएको छ । उपसभामुखमा भने आफूले दाबी गरेको छ।

प्रचण्ड र पार्टी सभापति रवि लामिछानेबीच उपसभामुखबारे छलफल भइरहेको बताइएको छ। त्यसैअनुरूप प्रचण्ड नेतृत्वको नेकपाले सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्ने भएको हो।

प्रमुख सचेतक युवराज दुलालले पनि आफूहरूले सभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्ने बताइसकेका छन्। आफूहरूले सभामुखमा उम्मेदवारी नदिने तर उपसभामुखमा छलफल जारी रहेको उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेताहरूले प्रचण्ड नेतृत्वको नेकपालाई उपसभामुख दिने विषयमा छलफल भइरहेको बताएका छन्।

यता हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग पनि यसबारे छलफल भइरहेकोले कसलाई दिने टुङ्गो लागेको छैन ।

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि उपसभामुखबारे छलफल भएको थियो। तर राजतन्त्र फर्काउने एजेण्डामा रास्वपाको समर्थन नरहेकाले राप्रपालाई उपसभामुख दिनेमा धेरैको विमति छ ।।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : २७ बजे

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति