नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’ « Khabarhub

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच पाण्डवबाट अभिनेता सागर लम्साल ‘बले’ लाई निष्कासन गरिएको छ । 

अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएपछि निर्माण पक्षले आपतकालीन बैठक बसेर उनलाई चलचित्रबाट हटाउने निर्णय गरेको हो ।

निर्माण कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा आरोप गम्भीर प्रकृतिको भएकाले नैतिकताका आधारमा लम्साललाई चलचित्रबाट निष्कासन गरिएको उल्लेख गरिएको जनाएको छ । 

यसका साथै कम्पनीले घटनाको सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायसँग माग पनि गरेको छ ।

चैत २ गतेदेखि झापा आसपास क्षेत्रमा छायाङ्कन भइरहेको उक्त चलचित्रमा लम्सालको करिब ९० प्रतिशत दृश्य छायाङ्कन भइसकेको निर्माण पक्षले जनाएको छ । तर अब उनका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चलचित्रको छायांकनकै क्रममा मुख्य कलाकार हटाउनु पर्दा आर्थिक क्षति हुने भए पनि पीडित युवतीको पीडाभन्दा त्यो ठूलो नभएको निर्माण टिमले जनाएको छ ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले जघन्य अपराधमा आरोप लागेका व्यक्ति फिल्मको सदस्य रहन नसक्ने स्पष्ट पारेका छन् । 

उनले आरोपितलाई प्रश्रय दिनु वा न्यायिक प्रक्रियामा प्रभाव पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै लम्सालसँगको करार तत्काल रद्द गरिएको बताए ।

निर्माण पक्षले पीडित युवतीले छिटो न्याय पाउनुपर्ने मागसमेत गरेको छ। कम्पनीले घटनाप्रति दुःख व्यक्त गर्दै छायांकनका बाँकी दृश्य पुनः खिच्ने तयारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  २ : ३५ बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट