संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने « Khabarhub

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दाहरूलाई बन्देज गर्ने जस्ता लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका हुन् । 

संसदीय मर्यादा, संसदीय नियमावलीका अनुशासनको मापदण्डको पूर्णरुपमा पालना हुने उनको भनाइ छ । उनले रास्वपा उपसभापति डीपी अर्याले सभामुख भइसकेपछि पार्टीभन्दा पनि सदनप्रति उत्तरदायी हुने विश्वास व्यक्त गरे । 

सभापति लामिछानेले उपसभापतिका विषयमा भने अहिले कुनै पार्टीसँग छलफल नभएको जानकारी दिए । उनले न्याय पाउने पहिलो हक जेन-जी आन्दोलनका शहीद परिवारलाई रहेको भन्दै पछिल्लो घटनाक्रमलाई राजनीतिक प्रतिशोध भन्न नमिल्ने बताए । 

रास्वपा नेतृत्वको सरकारको गतिविधि पब्लिक अडिटमा रहेकाले सबै गतिविधिहरू पारदर्शी हुने उनको भनाइ छ ।  

उनले रास्वपालाई जनताले दिएको म्याण्डेड अनुसार नीतिगत रुपमा नै बोलेर भन्दा काम गरेर सुधारका अभिभाराहरूलाई पुरा गर्ने धारणा राखे । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ३ : ०१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट