प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे « Khabarhub

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्वतन्त्र प्रेस लोकतन्त्रको अभिन्न खम्बा भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रेसको स्वतन्त्रता, पत्रकारको सुरक्षा र सम्मानका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहने स्पष्ट पारेका छन्।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रताका साथै सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै नेता आङदेम्बेले यसलाई सुरक्षित र सार्थक बनाउन आफ्नो दलको सदा साथ रहने बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन्, “आजको प्रविधिले सिर्जना गरेको सूचना प्रदूषणको अवस्थाबाट आम मानिसलाई बचाउन र सत्य एवं गुणस्तरीय सूचनाबाट सुसूचित गरेर विवेकशील नागरिक तयार गर्न पत्रकारिता जगत्‌को काँधमा महत्वपूर्ण जिम्मेवारी थपिएको छ।”

नेता आङदेम्बेले सरकार र राज्यका निकायहरूमा हुनसक्ने स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्न प्रेसले ‘वाचडग’ का रूपमा सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। प्रेसमाथि हुने कुनै पनि प्रकारका नियन्त्रण र आक्रमणको प्रतिकार गर्न नेपाली कांग्रेस सदैव सजग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

सञ्चार क्षेत्रको नीतिगत सुधार र समस्या समाधानमा आफ्नो दलको निरन्तर समर्थन रहने उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्ने विश्वभरका पत्रकारहरूप्रति सम्मान प्रकट गरेका छन्।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : ०६ बजे

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ