मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी « Khabarhub

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान पहिरो खसेपछि अहिले उक्त खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने सो स्थानमा ठूला ढुङ्गासहित पहिरो खसेको हो । सडकलाई पूर्ण रूपमा सञ्चालन गर्न डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको उनले जानकारी दिए ।

बिहानीको समयमा पहिरो खसेका कारण सवारीको चाप बढ्न सक्ने भएकाले चालकहरूलाई संयमित भएर सवारी चलाउन प्रहरीले आग्रह गरेको छ । पहिरो पन्छाएर सडक दुईतर्फी खुलाउन केही समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : ५३ बजे

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ