इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी « Khabarhub

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपरट्यांकरले अमेरिकी नाकाबन्दी छल्दै एसिया–प्रशान्त क्षेत्रमा प्रवेश गरेको छ।

अल जजीराका अनुसार ह्यूज नामको उक्त जहाजले करिब १.९ मिलियन ब्यारेल कच्चा तेल बोकेको छ, जसको मूल्य झण्डै २२० मिलियन डलर रहेको बताइएको छ।

यो ट्यांकर पछिल्लो पटक श्रीलंकाको आसपासमा देखिएको थियो । हाल इन्डोनेसियाको लोम्बोक जलडमरूमध्य हुँदै रियाउ द्वीपसमूहतर्फ अघि बढिरहेको छ।

बताइएअनुसार उक्त जहाजले मार्च महिनादेखि आफ्नो अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम (एआईए) बन्द राखेको थियो, जसका कारण यसको ट्र्याकिङ कठिन बनेको थियो।

इरानले आफ्ना दर्जनौँ जहाजहरूले यो नाकाबन्दी पार गरिसकेको दाबी गरेको छ। तर अमेरिकाले भने धेरै जहाजहरूलाई फर्कन बाध्य बनाएको बताएको छ। यस कदमबाट इरानलाई ठूलो आर्थिक क्षति पुगेको अमेरिकाले जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ११ : ४८ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका