बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह « Khabarhub

बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिराहा– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा शासन गर्न खोजेको भन्दै आलोचना गरेका छन् । 

दिनदुखी, गरिब र असहायहरूमाथि वर्तमान सरकारले बर्बर दमन गरेको र उनीहरूलाई उठिबास लगाएको भनेर आलोचना भइरहेको बेलामा अध्यक्ष साहले पनि प्रधानमन्त्री बालेन्द्र शाहले विधि मासेर बल प्रयोग र संविधान छलेर सेनामार्फत देशमा लामो समयसम्म शासन गर्न खोजेको संकेत मिलेको भन्दै यस्तो शासन नेपाली जनतालाई अस्वीकार्य भएको चेतावनी दिएका हुन् ।

आज सिराहाको गोलबाजारमा पार्टीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् छलेर अध्यादेशबाट शासन गरिनु संसदीय लोकतन्त्रको उपहास भएको भन्दै जननिर्वाचित सर्वोच्च थलो संसद्को सर्वोच्चता कायम गर्न सुझाव दिए ।

उनले विगतमा केपी ओलीले अध्यादेशबाट शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा व्यहोरेको राजनीतिक क्षतिलाई पनि स्मरण गर्न उनले वर्तमान सरकार र रास्वपा नेतृत्व पङ्क्तिलाई सुझाव दिए ।

उनले नेपाली जनताले कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलको दलतन्त्र र नेतातन्त्रको विरुद्धमा रास्वपालाई अभूतपूर्व जनमत दिएको भन्दै वर्तमान सरकारले जनमतको सही सदुपयोग गर्नुपर्नेमा अहिले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए ।

उनले भने, ‘हिजो पुराना दलहरूले दलतन्त्र लादे, लोकतन्त्र लज्जित बनाए अनि गणतन्त्रलाई गन्हाउने बनाएकोले नै नेपाली जनताले रास्वपाको नाममा झन्डै दुई तिहाइको बहुमत दिएका हुन् । तर, शासन गर्ने कुर्सीमा बसेकाहरूसँग जनताको सेवा गर्ने चरित्र देखिएन । उनीहरू दमनकारी हुन थालेको आभास भएको छ ।’

बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरू नै अहिले एक महिनामै बालेनको शासन देखेर ‘राम राम’ भन्ने अवस्थामा पुगेको पनि पूर्वमन्त्री साहको टिप्पणी छ ।

उनले भने, ‘बालेनसँग धैर्यता देखिएन । हतार गर्दा दुई तिहाई बहुमत नै धरापमा पर्ने जोखिम पनि बढ्यो, यो कुरा रास्वपा नेतृत्व पँक्तिले राम्रोसँग हेक्का राख्दा हुन्छ । यो सरकारले जताततै हात हालेर असफलताको मार्गमा हिँडेको संकेत देखायो । यसले मुलुक र जनतालाई ठूलो घाटा छ ।’ 

उनले सुकुमबासी बस्ती खाली गराउनको लागि नेपाली सेना नै फिल्डमा खटिएको र सोसम्बन्धी सार्वजनिक सूचना जारी गरेकोमा पनि आपत्ति जनाए ।

उनले प्रधानमन्त्री शाहले सेनाको आडमा संविधान छलेर कतै सैनिक शासनको अभ्यास गर्न खोजेको त होइन ? भनेर आशंका सर्वसाधारण जनतामा उब्जिएको उल्लेख गरे ।

देशैभरिका सुकुमबासी बस्तीमा बुलडोजर चलेको र हजारौंको संख्यामा सुकुम्बासीमा बस्ने जनता विस्थापित भएको र खुला आकाशमा रात काट्न बाध्य बनाइएको भन्दै उनले देशमा अहिले विधि र विकासको शासन नभएर बलजफती र विध्वंशको शासन चलिरहेको टिप्पणी गरे । 

उनले भने, ‘अहिलेको सरकारको शासन शैली हेर्दा उनीहरू देश बनाउन होइन, बिगार्नको लागि आएकोजस्तो देखियो । अहिले त एक सय दिन नपुग्दै यो सरकारले एक सय एक वितण्डा मच्चाउने भय उत्पन्न भएको छ । रास्वपा अहिलेसम्म त छँदै छ, अब बालेनको छत्रछायाँमा यसको अस्तित्व नै स्वाहा: हुने लक्षण देखिएको छ ।’

सुकुम्वासीको सेल्टर नै भत्काएर यो सरकारले न्यूनतम मानवीय संवेदना कुल्चिएको र उनीहरूको मानवअधिकारको पनि हनन गरिएको साहको आरोप छ ।

उनले सुकुम्बासीहरुलाई उचित विकल्प नदिईकन फिल्मी शैलीमा बुलडोजर आतंक सिर्जना गरिनु मानव अधिकारको गम्भीर उल्लंघन भएको टिप्पणी छ ।

शीतल निवासमा धार्मिक झल्को दिनेगरि हिन्दू र बौध धर्म गुरुहरू बोलाएर मन्त्रोच्चारण गरेर शपथ लिएका बालेनले एक महिना नपुग्दै मन्दिर र गुम्बा भत्काइदिएको भन्दै साहले धार्मिक सहिष्णुताको कदर गर्न वर्तमान सरकारलाई सुझाव दिए । 

उनले अहिले सामाजिक सञ्जालमा बालेन युग भएर वाहवाह गरिएको भए पनि यसलाई आफूले विध्वंसको युग सुरु भएको भनेर टिप्पणी गर्ने गरेको स्मरण गराए । उनले बालेनको उदय र रास्वपाको पतन सँगसँगै हुने पनि गम्भीर टिप्पणी गरे ।

साहले अहिलेको सिस्टममा सुधार नगरिएसम्म देशले निकास नपाउने आफ्नो पार्टीको ठहर भएकोले देशमा एकपटक निर्णायक आन्दोलनको आँधीबेहरी सिर्जना गरेर जनताको शासन स्थापित गरिनुपर्ने आवश्यकता औँल्याए । 

उनले वर्तमान संविधान र शासन प्रणालीले देशलाई सही निकास नदिने र अनन्तकालसम्म अस्थिरताको भुमरीमा फसाउने कुरा संविधान जारी भएको यो एक दशकको अवधिमा पुष्टि भइसकेको दाबी गरे ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १२ : २८ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको