‘सरकारको नीतिले ठूलो सामाजिक समस्या निम्तिएर ५० लाख मानिस गरिब हुँदैछन्’ « Khabarhub

‘सरकारको नीतिले ठूलो सामाजिक समस्या निम्तिएर ५० लाख मानिस गरिब हुँदैछन्’


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपूर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिए ठूलो सामाजिक समस्या आउन सक्ने चेतावनी दिएका छन्।

उनले यस्तो नीति लागू भए करिब ५० लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका छन्। उनले यस्तो निर्णय अघि बढाउँदा सरकारले पर्याप्त अध्ययन गरे नगरेकोबारे पनि प्रश्न उठाएका छन्।

देशभर भूमिसम्बन्धी समस्या गम्भीर बन्दै गएको उनले बताएका छन्। भूमि आयोगमा परेको निवेदनअनुसार ९८ हजारभन्दा बढी भूमिहीन सुकुमबासी, १ लाख ८० हजारभन्दा बढी सुकुमबासी र ९ लाख ३० हजारभन्दा बढी अव्यवस्थित बसोबासी गरी कुल १२ लाखभन्दा बढी छन्। अझै केही वास्तविक भूमिहीन बाहिर रहेको अनुमान छ ।

उनले काठमाडौंमै करिब १ लाख हाराहारीमा सुकुमबासी र अव्यवस्थित बसोबासी रहेको उल्लेख गरेका छन्।

पोखरेलले विगतमा संसद्ले समस्या समाधानका लागि कानुनी व्यवस्था गरिसके पनि अव्यवस्थित बसोबासीका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति हुन सक्ने बताएका छन्।

उनले यो विषय केवल संरचना भत्काउने मात्र नभई नागरिकको जीवन, रोजगारी र अस्तित्वसँग जोडिएको जटिल सामाजिक–आर्थिक मुद्दा भएको उल्लेख गरेका छन्।

काठमाडौं महानगरपालिका र भूमि आयोगबीच सहकार्यको सहमति भए पनि पूर्ण तथ्याङ्क नहुँदा समस्या अझै जटिल बनेको उनले बताएका छन् ।

पोखरेलले यस्तो संवेदनशील विषयमा निर्णय लिनुअघि कानुन, तथ्याङ्क र जनजीवनको अवस्थाको गहिरो अध्ययन आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  २ : ३३ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको