स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह « Khabarhub

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो ।

“वास्तविक भूमिहीन नागरिकको ‘डिजिटल’लगत सङ्कलन गरी ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थित व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ । नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शलगायत आधारभूत सुविधा उपलब्ध गराइनेछ”, सहरी विकास मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका सेवा सुविधा उपयोग गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनःस्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयल स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  २ : ३४ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली