वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु  « Khabarhub

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख खोलेका छन् ।

वितरक कम्पनी काफिया फिल्मसका सञ्चालक गोबिन्द शाहीले भुवनसँगको ५० लाखको लेनदेनको विषय सार्वजनिक गरेका थिए ।

भुवनका छोरा अनमोल शीर्ष भूमिकामा रहेको फिल्म ‘बाटुलो जुन’सँग यो विवाद सम्बन्धित छ । 

यही फिल्म निर्माणका लागि भुवनले आफूसँगबाट ५० लाख लगेको शाहीले खबरहबलाई बताए । 

तर, भुवनले फिल्म अर्कै वितरकबाट प्रदर्शन गर्ने लागेको शाहीको आरोप छ । उनले आर्थिक लेनदेनको सम्झौता पत्र सार्वजनिक पनि गरेका छन् । 

प्रदर्शन मितिमा कुरा नमिल्दा शाहीसँग सहकार्य नहुने जस्तो अवस्था सिर्जना भएको भुवनको स्पष्टीकरण छ । 

भएको के हो ? 

आफ्नो निर्देशन र छोराको शीर्ष भूमिका रहेको फिल्म भुवन आगामी दशैँमा प्रदर्शनमा ल्याउन चाहन्छन् । फूलपातीको अघिल्लो दिन असोज ३० गते ‘बाटुलो जुन’को प्रदर्शन मिति तोकिएको छ । 

यही प्रदर्शन मितिमा कुरा नमिल्दा भुवन र वितरक शाहीको आर्थिक लेनदेन बाहिर आएको हो । शाही पक्षबाट यो कुरा सार्वजनिक भएको हो । 

नायक विराज भट्ट निकट रहेका शाही यो मितिमा ‘१२ गाउँ २’ प्रदर्शनमा ल्याउने तयारीमा छन् । 

उनी विराजको फिल्म छाड्ने पक्षमा छैन । विराज र भुवन दुवैको फिल्म एकसाथ प्रदर्शनमा ल्याउन सम्झौताले दिँदैन । 

शाहीसँग कुरा नमिलेपछि भुवनले अर्का वितकरसँग कुरा अगाडि बढाएका छन् । सोहीकारण शाहीले भुवनलाई आफूसँगको आर्थिक कारोबार मिलाउन स्मरण गराएका हुन् । 

‘बाटुलो जुन’ बनाउन वितरक शाहीबाट पैसा लिएको भुवन आफैँ स्वीकार गर्छन् । 

यो विवादको समाधान हिसाब मिलाउनु नै रहेको भुवनको बुझाइ छ । तर, ‘सकेसम्म शाहीले फिल्म वितरणको गरे हुन्थ्यो’ भन्ने मनस्थितिमा आफू रहेको भुवन बताउँछन् । 

दुवै फिल्म एकसाथ वितरण गर्नु भनी गरेको प्रस्ताव पनि शाहीले अस्वीकार गरेको भुवनले बताए ।

भुवन भन्छन्, ‘उहाँले चलाइदिनुभयो भने ठीक छ नभए फिर्ता गर्छौं । अर्को वितरक खोज्छौं । उहाँहरूको पैसा फिर्ता गरेर मात्रै हामी फिल्म हलमा लगाउँछौं ।’

अहिलेसम्म आफूले फिल्म अर्का वितरकलाई नदिएको भुवनको दाबी छ । 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ३ : ०६ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको