सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ « Khabarhub

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त पारिरहेका बेला जनआक्रोश बढिरहेको छ।

उचित विकल्प नदिई सुकुम्वासी र घरवारविहीनलाई सरकारले रातारात लखेट्न थालेपछि सर्वसाधारणदेखि कलाकारसम्मले असन्तुष्टि पोख्न थालेका छन् ।

सुकुम्वासी र घरवारविहीनमाथि राज्य निरन्तर कठोर भइरहँदा असन्तुष्टि जनाउनेमध्ये एक हुन नायक दयाहाङ राई । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल दुवैतिर सरकारको कार्यशैलीलाई लिएर गम्भीर असन्तुष्टिसहित प्रश्न उठाएका छन् ।

उनले धनीमानीसँग भएको सम्पत्ति लुकाउन सके पनि गरिबी लुकाउन नसकिने तिखो टिप्पणी गरेका छन् । ‘जस्तो कि… यहाँ, सम्पत्ति त लुकाउन सकिने रहेछ’, उनले भनेका छन्, ‘गरिबी पो लुकाउन सकिँदोरहेनछ ।’

उनले शनिबार मात्रै एक सञ्चारमाध्यमसँगको संवादका क्रममा काठमाडौंका सुकुम्वासी बस्तीमा डोजर चलाउने सरकारी कदमप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपालखबरको ‘लेट्स टक’ कार्यक्रममा बोल्दै उनले सुकुम्वासी बस्तीमा गरिएको विनाश र विध्वंशलाई विकासका रूपमा मात्रै नहेरी मानवीय संवेदनाको अभावका रूपमा व्याख्या गरेका थिए।

‘सुकुम्वासी बस्तीमा डोजर चलाउनु मेरो नजरमा मानवीय संवेदनाको अभाव हो,’ उनले शनिबार भनेका थिए ।

अभिनेता राईले विकास केवल संरचना निर्माणबाट मात्रै नआउने भन्दै मानिसहरूको भावना र पीडालाई पनि सम्बोधन गर्नुपर्ने बताए ।

उनले अहिलेको कदम हतारमा भएको जस्तो देखिएको र प्रक्रिया बुझेर निर्णय लिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले अझै पनि प्रधानमन्त्री बालेन्द्र शाहप्रति आशा राख्ने ठाउँ रहेको बताउँदै व्यक्तिपूजाको प्रवृत्तिप्रति सचेत रहनुपर्नेमा जोड दिए । आग्रह गरेका छन् ।

‘हामी आफैं केही नगर्ने अनि कसैले जादु गरिदिन्छ भन्ने सोच गलत हो,’ उनले नेपालखबरसँगको संवादमा भनेका थिए ।

दयाहाङले आफू राजनीतिमा जान नचाहेको स्पष्ट पारे । समाज परिवर्तनको माध्यम आफ्ना लागि अभिनय र कलाकारिता नै रहेको पनि उनले प्रष्टिकरण दिए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ३ : ४३ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर