चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ? « Khabarhub

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

दुई पक्षबीच व्यापार सम्झौतामा हस्ताक्षर


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी मुलुक इस्वाटिनीको भ्रमण गरेका छन्। उनले इस्वाटिनीका राजा म्स्वाती तृतीयसँग भेट गरी विभिन्न व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताएका छन्।

शनिबार इस्वाटिनी (पूर्व स्वाजिल्याण्ड) पुगेका राष्ट्रपति लाईले फेसबुकमार्फत आफ्नो भ्रमण ‘कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीको सूक्ष्म तयारीपछि सम्भव भएको’ उल्लेख गरेका छन्। उनी कसरी त्यहाँ पुगे भन्ने विषय भने स्पष्ट गरिएको छैन।

इस्वाटिनीमा उनलाई ‘सैनिक शैलीको स्वागत समारोह’मार्फत स्वागत गरिएको थियो। उनले राजा म्स्वाती तृतीयसँग भेटघाट गरी द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल गरेका छन्।

यो भ्रमण मूलतः अप्रिल अन्त्यका लागि तय गरिएको थियो। तर सेशेल्स, मौरिसस र मडागास्करले उनको चार्टर विमानलाई उडान अनुमतिबिना पूर्वसूचना रद्द गरेपछि भ्रमण प्रभावित भएको थियो।

ताइवानको राष्ट्रपति कार्यालयले उक्त निर्णयमा बेइजिङको दबाब, विशेषगरी आर्थिक दबाब, रहेको आरोप लगाउँदै यसलाई अन्तर्राष्ट्रिय समुदायमा अभूतपूर्व कदम भनेको छ।

ताइवान स्वयंशासित लोकतान्त्रिक व्यवस्था भएको क्षेत्र हो, तर चीनले यसलाई आफ्नो भूभागको हिस्सा भएको दाबी गर्दै आएको छ । अन्य देशहरूलाई पनि ताइवान सरकारसँग सम्बन्ध नराख्न आग्रह गर्दै आएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले यस भ्रमणलाई ‘हास्यास्पद नाटक’ भन्दै आलोचना गरेका छन् । लाईले विदेशी विमान प्रयोग गरी तस्करी शैलीमा देशबाट बाहिरिएको आरोप पनि उनले लगाएका छन्।

चीनले दशकौँदेखि विभिन्न देशहरूलाई ताइवानसँगको औपचारिक सम्बन्ध तोड्न दबाब दिँदै आएको छ। हाल ताइवानसँग केवल १२ देशसँग मात्र कूटनीतिक सम्बन्ध छ, जसमा बेलिज, ग्वाटेमाला, हाइटी र भ्याटिकन लगायत छन्।

संयुक्त राज्य अमेरिकाले ताइवानलाई औपचारिक मान्यता नदिए पनि १९७९ को ताइवान सम्बन्ध ऐनअनुसार आत्मरक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

अफ्रिकी महादेशमा ताइवानलाई मान्यता दिने एकमात्रै देश इस्वाटिनी नै हो। राष्ट्रपति लाईले विभिन्न कूटनीतिक तथा आर्थिक दबाबका बाबजुद ताइवानसँग उभिएकोमा इस्वाटिनीका राजालाई धन्यवाद दिएका छन्।

उनले कुनै पनि देशलाई ताइवानलाई विश्व समुदायमा योगदान गर्नबाट रोक्ने अधिकार नभएको पनि दोहोर्‍याएका छन्।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ४ : २७ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज