‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’ « Khabarhub

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन र सुकुम्बासी नागरिकलाई कुनै पनि हालतमा घरबारविहीन नबनाइने बताएका छन्।

आइतबार बसेको सचिवालय बैठकपछि केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सरकारले बाढी र पहिरोको जोखिममा रहेका बस्तीको मात्रै व्यवस्थापन गरिरहेको दाबी गरे।

देशभरका सुकुम्बासी र भूमिहीन नागरिक आतंकित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

लामिछानेले जोखिमपूर्ण क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने उद्देश्यले मात्र हालको कदम चालिएको स्पष्ट पारे। ‘बाढी र पहिरोको जोखिममा रहेका स्थानबाट सुकुम्बासीलाई बाहिर निकाल्ने प्रयास हो,’ उनले भने।

उनका अनुसार सुकुम्वासी व्यवस्थापनका लागि विगतमा करिब ३० पटक प्रयास भए पनि दीर्घकालीन समाधान हुन सकेको छैन। अहिलेको सरकारले भने व्यवस्थित समाधानतर्फ अघि बढिरहेको उनले बताए।

‘हामी सुकुम्वासीको अधिकार सुनिश्चित गर्ने कुरामा प्रतिबद्ध छौं। कसैलाई घरबारविहीन बनाइँदैन, बरू उनीहरूलाई घर उपलब्ध गराइन्छ,’ उनले भने।

उनले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने र स्थायी बसोबासको व्यवस्था गर्ने योजना रहेको पनि जानकारी दिए। साथै, व्यवस्थापनका क्रममा केही प्रक्रियागत त्रुटि भएको स्वीकार गर्दै त्यसलाई छिट्टै सुधार गरिने बताए।

सडक विस्तार तथा अन्य विकास कार्यका क्रममा स्थानीय तहलाई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्दै व्यवस्थापन गर्न निर्देशन दिइएको पनि उनले उल्लेख गरे।

लामिछानेले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई पहिलेदेखि नै सचेत गराइएको र सूचना पनि दिइएको बताए।

‘केही पक्षले अनावश्यक रूपमा सुकुम्बासीलाई आतंकित पार्ने काम गरेका छन्,’ उनले भने, ‘केन्द्र सरकार नागरिकको भविष्य सुरक्षित गर्न प्रतिबद्ध छ।’

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : २९ बजे

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ