नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने « Khabarhub

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार र छनोट भएको कम्पनीबीच हस्ताक्षर भएको छ ।

सुरुङ मार्ग सञ्चालनका लागि सरकारले जोइन्ट भेन्चरमा रहेको एआरटी नेपाली कम्पनी र युसिन नामको चिनियाँ कम्पनी छनोट गरेको थियो । उक्त कम्पनीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेका कारण गत बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।

‘हामीले आर्थिक मूल्याङ्कनमा उत्कृष्ट मानिएको कम्पनीलाई हस्ताक्षरका लागि आह्वान गरेर सूचना निकालेका थियौँ । त्यहीअनुसार २९ अप्रिलमा सम्झौता भएको हो,’ नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।

सेवा प्रदायक कम्पनीले तीन महिनाभित्र जनशक्तिलाई तालिम दिएर सुरुङ सञ्चालनमा ल्याउनुपर्नेछ । सुरुङमार्गको निर्माण ९८ प्रतिशत काम पूरा भइसकेको छ ।

‘हस्ताक्षरपछि अहिले सञ्चालनको तीव्र तयारीमा छौँ । पहिलो चरणमा यहाँ खटाइने मेनपावरलाई आपतकालीन उद्धार लगायतका तालिम दिन्छौँ,’ उनले भने, ‘यो सबै तयारी गर्दा जेठ महिना लाग्छ । अनि सुरुङ सुचारु हुन्छ ।’

कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा काम गर्ने नेपालको भनाइ छ । जसअनुसार वार्षिक करिब २२ करोड रुपैँया सरकारले ठेक्काबापत कम्पनीलाई दिनुपर्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : ०५ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर