रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ « Khabarhub

रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार बिहान नयाँदिल्लीमा भेटवार्ता भएको छ।

भ्रमणको तेस्रो दिन मोदीले रविका लागि समय छुट्याएका हुन् । रविसँगको भेटपछि मोदीले नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रविको इच्छामा आफ्नो समर्थन रहेको पनि बताएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत गर्दछु र पूर्ण रूपमा सहमत पनि छु’, उनले लेखेका छन्, ‘हाम्रो ‘छिमेकी पहिलो नीति’अन्तर्गत नेपाल एक प्राथमिक साझेदार देश हो ।’

उनले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको पनि बताए । ‘हामी हाम्रा दुई देशहरूबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  २ : २६ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी