मनमैजुबाट हात्तीको दाह्रा र लागूऔषधसहित पाँचजना समातिए « Khabarhub

मनमैजुबाट हात्तीको दाह्रा र लागूऔषधसहित पाँचजना समातिए


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारकेश्वर–मनमैजु क्षेत्रमा अवैध रूपमा वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) ओसारपसार, बिक्री वितरण तथा सञ्चय गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जेठ १९ गते मनमैजु क्षेत्रमा छापा मारेर हात्तीको दाह्रा र लागूऔषध बरामद गरेको हो ।

प्रहरीका अनुसार तारकेश्वर–९ मनमैजुस्थित २५ वर्षीय राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा दुई थान हात्तीको दाह्रा फेला परेको थियो ।

सोही क्रममा घरभित्रबाट ‘टर्माडो-५०’ लेखिएको १५० क्याप्सुल लागुऔषध पनि बरामद गरिएको छ ।

अनुसन्धानका क्रममा थप दुई टुक्रा हात्तीको दाह्रा टोखा–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरासँग रहेको खुल्न आएको थियो ।

बोहराको बयानका आधारमा ती दाह्रा मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेललाई दिएको तथ्य खुलेपछि प्रहरीले भुजेलको कोठामा छापा मारी झोलाभित्र लुकाइराखिएको अवस्थामा थप दुई थान दाह्राका टुक्रा बरामद गरेको जनाएको छ ।

घटनामा संलग्न आरोपमा राजिव महर्जन, २७ वर्षीय आयुष महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ, पुरन बोहरा र सन्तबहादुर भुजेल पक्राउ परेका छन् ।

राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान भइरहेको छ ।

पुरन बोहरा र सन्तबहादुर भुजेलमाथि भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत थप अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ४ : ०७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,