रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर) « Khabarhub

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार धार्मिक पर्यटक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा पुगेका छन् ।

अध्यागमन कार्यालय, रसुवागढीको आर्थिक वर्ष २०८२–८३ को तथ्यांकअनुसार एक वर्षमा १३ हजार ५ सय २३ पर्यटक कैलाश मानसरोवर गएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१–८२ मा ११ हजार ३ सय ८७ पर्यटक कैलाश मानसरोवर गएका थिए ।

हिन्दु, बौद्ध, जैन, बोन धर्म मान्नेका लागि कैलाश मानसरोवर महत्वपूर्ण तीर्थस्थल हो । हुम्लाको हिल्सा नाका हुँदै जान खर्चिलो भएकाले रसुवागढी नाकाको प्रयोग बढ्दो छ ।

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल २०८३ असार २४ मा बगाएको थियो । चीनले बेलिब्रिज बनाएपछि पुसदेखि अध्यागमनले काम थालेको थियो । त्यसयता गत आर्थिक वर्षमा ७ महिनामात्र नाका सञ्चालनमा आएकोमा अघिल्लो आर्थिक वर्षभन्दा आवागमनमा वृद्धि भएको अध्यागमन कार्यालय, रसुवागढी प्रमुख यादव भण्डारीले बताए ।

एक वर्षमा ५३ हजार ७ सय ४२ जनाले चीन–नेपाल आउजाउ गर्न रसुवागढी नाका प्रयोग गरेका छन् । आर्थिक वर्ष २०८२–८३ मा २७ हजार २ सय ९३ पर्यटक नेपाल भित्रिएको र नेपालबाट २६ हजार ४ सय ४९ पर्यटक बाहिरिएको प्रमुख भण्डारीले बताए ।

पछिल्लो दुई वर्षको तुलना गर्दा यो नाकाको प्रयोग २०.७४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१–८२ मा ४४ हजार ५ सय ९ जना पर्यटकले यो नाका प्रयोग गरेका थिए ।

कैलाश मानसरोवर भ्रमणकै कारण नेपाल र चीन जोड्ने यो नाका प्रयोग गर्नेमा भारतीयको संख्या धेरै छ । आर्थिक वर्ष २०८२–८३ मा २४ हजार २ सय ७८ भारतीय, १० हजार २ सय ५७ नेपाली, ६ हजार २७ चिनियाँ, ४ हजार २ सय १४ अमेरिकी, १ हजार ५ सय ३४ अष्ट्रेलियाली, ९ सय १७ रसियन, ९ सय ११ मलेसियन, ८ सय ८४ भुटानी, ८ सय १० बेलायती र ४ सय २० क्यानेडिन सीमा वारपार गरेको तथ्यांक छ ।

कैलाश मानसरोवरबाहेक पर्यटक यो नाका प्रयोग गरेर ल्हासा, एभरेष्ट बेस क्याम्प (आधार शिविर)को चिनियाँ क्षेत्र जान्छन् । गत आर्थिक वर्षमा यो नाका प्रयोग गरेर ल्हासा र आधार शिविर जानेको संख्या घटेको छ । गत वर्ष ६ सय २६ जना ल्हासा र २२ जना आधार शिविर गएको तथ्यांक छ ।

ल्हासा जानेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.२० प्रतिशतले र आधार शिविर जानेको संख्या ९२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८१–८२ मा १ हजार ९ सय ९ जना ल्हासा र २ सय ७६ जना आधार शिविर गएका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ११ : १५ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००