अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ? « Khabarhub

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मधेशमा कुनै पनि आन्दोलन वा प्रदर्शन हुँदा लाठी वा टियर ग्याँस प्रयोग नगरी सिधै गोली किन चलाइन्छ भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

उनले प्रहरीसँग लाठी वा टियर ग्याँस नभएको वा तालिमको कमी भएको हो कि भन्ने प्रश्न गरे  ।

मधेशलाई पछाडि पार्ने, गरिब बनाइराख्ने र विरोध हुँदा गोली ठोक्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए । 

नेपाली सेना मधेसमा जाने बित्तक्कै मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञानलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  २ : ३२ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई