प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी कोरिडोरको खोलामा पुल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पुर्‍याउन समस्या भएको भन्दै चाँडो निर्माण गर्न सरकारसँग माग गरे ।

राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सांसद लेखजङ्ग थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेबिज सङ्क्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग अपिल गरे । उनले ५० भन्दाबढी जनावरमा लक्षण देखिएको र १५ वटा जनावर मरिसकेको जानकारी गराए । 

नेकपाका सांसद रमेशकुमार मल्लले चिकित्सा शिक्षा आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो हप्तामा चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदनको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि अन्योलमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

रास्वपाका सांसद शम्भुकुमार यादवले सुनसरी घटनाको विषयलाई लिएर राज्य सचेत हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

रास्वपाका सांसद भरत पराजुलीले बिपी राजमार्गमा साउन १८ गते सिन्धुलीमा बस र कारको ठक्करमा परी चारजना सवार सुनकोसी नदीमा परेको तर अहिलेसम्म खोजी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

रास्वपाका सांसद अरबिन्द साहले सुनसरी घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा त्यस्ता घटना दोहरिन नदिन सरकार सचेत हुनुपर्ने बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ४ : ५९ बजे

स्पेनी अदालतको फैसलाले आप्रवासन सङ्कट बढाएको मोरक्कोको दाबी

रबाट– समुद्री मार्गबाट स्पेन प्रवेश गर्ने आप्रवासीलाई तत्काल फिर्ता नगर्न

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा