पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन « Khabarhub

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित वाग्मती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् । 

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केही समय समन्वयमा अभाव देखिएको भन्दै केहिसमयपछि नै सेनासँग मिलेर करिडोर विस्तार गरिएको प्रष्ट पारेका हुन् । 

चुनावी अभियानका क्रममा स्थानीय जनताले राखेको माग अनुसार अधिकार सम्पन्न बागमती, केभिडिए र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर बाटो खोलिएको उनले बताए ।

सांसद पाण्डेले करिडोर खोल्ने क्रममा त्यहाँ नेपाली सेनाको टुकडी छ भन्ने थाहा पाएपछि समन्वय गर्नलाई अधिकार सम्पन्न बागमतीको अध्यक्षलाई जिम्मा दिइएको उल्लेख गरे ।

बाहिर आएका भिडियोहरू समन्वय गर्न केही मिनेट ढिलाइ भएको अवस्थाको रहेको उनको भनाइ छ । त्यसपछि भने नेपाली सेनासँग मिलेर नै करिडोर खुलाइएको उनले बताए ।

सेना किन रिसायो त ? भन्ने प्रश्नमा सांसद पाण्डेले सेना रिसाएको जस्तो आफूलाई नलागेको र बजारको हल्ला पछि नलाग्न आग्रह गरे ।

नेपाली सेनाले सधैँ नागरिक सर्वोच्चताको सम्मान गर्ने र देशको सेवामा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले आफूले नेपाली सेना, राष्ट्रियता र बर्दीको सधैँ सम्मान गर्ने धारणा राखे । 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : ३६ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते