पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल « Khabarhub

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा आपसी सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले नेपाली समाजमा प्रचलित लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले विविधतामा एकता कायम गर्दै सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुतालाई थप मजबुत बनाउँदै आएको उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार तथा समाजलाई भावनात्मक रूपमा जोड्नुका साथै राष्ट्रिय एकता सुदृढ गर्न, मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न र आध्यात्मिक आस्था एवं मानवीय जीवनमा सुख, शान्ति र समृद्धिको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउँदै आएको बताए ।

गौरा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस अवसरमा शिव र पार्वती (गौरा)को पूजाअर्चना गरी व्रत बस्ने परम्परा रहेको छ।

पर्वमा गहुँ, धान, केराउ, मास र गहतलगायत पाँच प्रकारका अन्नबाट तयार पारिएको ‘बिरुँडा’ गौरा देवीलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। यसले मानवीय जीवन, कृषि संस्कृति तथा पारिवारिक सुख–समृद्धिको कामना गर्ने सांस्कृतिक मान्यता बोकेको छ।

गौरा पर्वका अवसरमा स्थानीय समुदाय सामूहिक रूपमा भेला भएर देउडा, धमारीलगायतका लोक सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना सुख–दुःख साटासाट गर्ने गर्दछन्। यसले समुदायबीचको आत्मीयता, भाइचारा र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

राष्ट्रपति पौडेलले गौरा पर्वले बिछोडिएका जोडीको पुनर्मिलन, आपसी भाइचाराको सम्बन्धमा वृद्धि तथा पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास र सांस्कृतिक मान्यता रहेको पनि उल्लेख गरे

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : ५१ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा