संखुवासभामा शिक्षकको गोली हानी हत्या « Khabarhub

संखुवासभामा शिक्षकको गोली हानी हत्या


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली हानी हत्या गरिएको छ।

कालिका आधारभूत विद्यालयमा कार्यरत राई बिहीबार साँझ खाना खाएर हात धुन बाहिर निस्किएका बेला भरुवा बन्दुकबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ।

गोली लागेर देब्रे कोखमा चोट लागेका राई बन्दुकको आवाजसँगै घटनास्थलमै ढलेका थिए। विद्यालयमै बस्दै आएका राईमाथि गोली कसले र किन चलायो भन्नेबारे हालसम्म खुलेको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १० : ०३ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण