दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री « Khabarhub

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले  निरन्तरको कठिन चुनौतीका बावजुत उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् । 

आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उनले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिई रहेको जानकारी दिए । 

गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उनीहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुगेका थरि ।

गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको  उच्च कदर गरिएको उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १२ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत