दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री « Khabarhub

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले  निरन्तरको कठिन चुनौतीका बावजुत उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् । 

आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उनले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिई रहेको जानकारी दिए । 

गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उनीहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुगेका थरि ।

गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको  उच्च कदर गरिएको उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १२ : ४८ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण