‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’ « Khabarhub

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पुर्‍याउनुपर्ने बताए । 

राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले पीडितलाई सहयोग गरिसकेपछि अवस्था र हैसियत अनुसार मात्र सरकारी कोषमा दाखिला गर्न सकिने उनले बताए । 

साथै उनले ’ग्रिन आर्मी’ भन्ने समूहको अस्तित्वप्रति प्रश्न उठाए । गत वर्ष राजनीतिक आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्याका घटनाहरूमा उक्त समूह आफ्नो पोशाकमा नदेखिए पनि अन्य रूपमा संलग्न थियो कि भन्नेबारे नेपाली जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनले बताए ।

उनले नेपालले वातावरणीय विनाश नगरेको भए तापनि त्यसको मार र क्षति भोग्नुपरेकाले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूबाट विकसित देशहरूसँग दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  २ : ३५ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण