भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली « Khabarhub

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान बिचल्लीमा परेका छन् । 

आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी बिचल्लीमा परेको उनको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन् ।

उनले भनिन्, ‘दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियो । आमा बिरामी हुँदा उपचार गर्ने क्रममा ऋण लागेपछि रोजगारीका लागि त्यहाँ जानुभएको थियो ।’

‘हामी कसको साहारामा बस्ने ?’ विभा सदाले भनिन् । अठार र २० वर्षका दुई दिदीहरूको विवाह भइसकेको छ । तेह्र वर्षीय छोरा सुभाष सदा आफन्त सहयोगमा बाबुको खोजीमा रसुवा गएका छन् ।  

त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन छन् । 

शिवकुमार सदाको चार जना छोराछोरी छन् । उनको बुबाआमा बूढाबूढी छन् । पत्नी पनि बिरामी भएकाले घरको एक्लो साहार सम्पर्कविहीन भए । 

सात जना परिवारको आहारासमेत खोसिएको उनकी पत्नी गुडिया सदाले बताए । सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन् । कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ । पत्नी द्रोपतीदेवी सदाले बताइन् । 

सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आएका थिए । पुनः त्यहीँ जाने तर्खरमा थिए । अचानक बाढी आएको सुनेपछि जान रोकिएका थिए । 

यस सदा (मुसहर) बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  २ : ५२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य