फकल्यान्डमा बेलायतको अडान कायमै « Khabarhub

फकल्यान्डमा बेलायतको अडान कायमै


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्‍याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ । बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती भएको बताउँदै माइलेले उठाएको विषयलाई घरेलु राजनीतिबाट प्रेरित भएको टिप्पणी गरे ।

माइलेले भने फकल्यान्डमाथि अर्जेन्टिनाको दाबीलाई समर्थन गर्ने ‘परिवर्तनको हावा’ चलिरहेको बताएका थिए । सन् १९८२ मा फकल्यान्डलाई लिएर बेलायत र अर्जेन्टिनाबीच १० हप्तासम्म युद्ध भएको थियो ।

अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ भन्दै आफ्नो भूभाग दाबी गर्दै आएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्डसम्बन्धी अमेरिकी नीति पुनरावलोकन भइरहेको बताएपछि विवाद थप संवेदनशील बनेको छ ।

बेलायती मन्त्री लुसी पावेलले फकल्यान्ड बेलायतको नियन्त्रणमा रहेको टापु क्षेत्र भएको र त्यहाँका बासिन्दाले आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकारको रक्षा गरिने बताएकी छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ५ : २६ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,