महालक्ष्मीको १६ दिने व्रत समापन « Khabarhub

महालक्ष्मीको १६ दिने व्रत समापन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त हुने विश्वास छ । विशेषगरी यो व्रत नारीले लिने गरेका छन् ।

भगवान् शङ्करले यो व्रतविधि देवी पार्वतीलाई बताएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यो व्रतका प्रभावले मानव देह परित्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वास छ ।

देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्म्याष्टक स्तोत्र रचना गरेको महालक्ष्मी व्रतकथामा उल्लेख छ । बिहान, मध्याह्न र साँझ तीन पटक यो स्तोत्र पाठ गरेमा धनधान्य, सुख प्राप्त हुनाका साथै शत्रुनाश हुने जनविश्वास छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : ३२ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति