कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ? « Khabarhub

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुँदै छ । 

महाधिवेशनको उद्घाटन समारोहमा सहभागिताका लागि पार्टीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । आमन्त्रण गरिएका मध्ये अधिकांश राजनीतिक दलका प्रमुखहरू समारोहमा स्वयं उपस्थित नहुने भएका छन् ।

उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफैँ सहभागी हुने तय भएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भई कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अर्कोतर्फ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बुवाको निधनको शोक (बरखी) मा रहेकाले महाधिवेशनमा सहभागी नहुने भएका छन् र उनको सट्टामा पार्टीका महासचिव शंकर पोखरेलले कार्यक्रममा सहभागी भई शुभकामना मन्तव्य राख्नेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयं उपस्थित हुन नसक्ने भएपछि उनले आफ्नो तर्फबाट सहअध्यक्ष शरतसिंह भण्डारीलाई पठाउने भएका छन् ।

स्वदेशी दलीय नेतृत्वका अतिरिक्त महाधिवेशनमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथोबालेजस्ता अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, विभिन्न मुलुकका जनसम्पर्क समितिका प्रतिनिधिहरू तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ३५ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको