जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक « Khabarhub

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षता तथा वैतेश्वर गाउँपालिका–३ का वडाध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन सचिव धनबहादुर खत्रीले प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष दुर्गाबहादुर थापाले संस्थाको आर्थिक गतिविधि समेटिएको वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनअनुसार संस्थाको कुल आय–व्यय २४ करोड ९२ लाख ९७ हजार ८ सय रुपैयाँ बराबर पुगेको छ । संस्थाको सेयर पुँजी २ करोड ११ लाख ३६ हजार ५ सय रुपैयाँ रहेको छ भने बचत निक्षेप २० करोड ४ लाख १४ हजार ८ सय ५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी सदस्य बीमा कोषमा ३८ लाख ६६ हजार २ सय रुपैयाँ, ऋण लगानीतर्फ १५ करोड ७२ लाख ८८ हजार ९ सय रुपैयाँ र ऋण सुरक्षण कोषमा १ करोड ७ लाख ६ हजार ७ सय रुपैयाँ रहेको कोषाध्यक्ष थापाले जानकारी दिए ।

हाल संस्थामा ३ हजार ३ सय ७७ जना सदस्य आबद्ध रहेका छन् ।

साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सेयर सदस्य, बाल बचतकर्ता, ज्येष्ठ सदस्य, उत्कृष्ट सेयर खरिदकर्ता, असल ऋणी, नियमित बचतकर्ता तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति वितरण गरेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहाल, वडा अध्यक्ष कमल अधिकारी, जिल्ला सहकारी संघ दोलखाका लेखा संयोजक पुष्कर कुमार दाहाल बचत संघ दोलखाका महासचिव तेन्जिङ शेर्पा लगायतले साधारण सभालाई सम्बोधन गरेका थिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : ३८ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी