जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक « Khabarhub

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षता तथा वैतेश्वर गाउँपालिका–३ का वडाध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन सचिव धनबहादुर खत्रीले प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष दुर्गाबहादुर थापाले संस्थाको आर्थिक गतिविधि समेटिएको वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनअनुसार संस्थाको कुल आय–व्यय २४ करोड ९२ लाख ९७ हजार ८ सय रुपैयाँ बराबर पुगेको छ । संस्थाको सेयर पुँजी २ करोड ११ लाख ३६ हजार ५ सय रुपैयाँ रहेको छ भने बचत निक्षेप २० करोड ४ लाख १४ हजार ८ सय ५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी सदस्य बीमा कोषमा ३८ लाख ६६ हजार २ सय रुपैयाँ, ऋण लगानीतर्फ १५ करोड ७२ लाख ८८ हजार ९ सय रुपैयाँ र ऋण सुरक्षण कोषमा १ करोड ७ लाख ६ हजार ७ सय रुपैयाँ रहेको कोषाध्यक्ष थापाले जानकारी दिए ।

हाल संस्थामा ३ हजार ३ सय ७७ जना सदस्य आबद्ध रहेका छन् ।

साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सेयर सदस्य, बाल बचतकर्ता, ज्येष्ठ सदस्य, उत्कृष्ट सेयर खरिदकर्ता, असल ऋणी, नियमित बचतकर्ता तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति वितरण गरेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहाल, वडा अध्यक्ष कमल अधिकारी, जिल्ला सहकारी संघ दोलखाका लेखा संयोजक पुष्कर कुमार दाहाल बचत संघ दोलखाका महासचिव तेन्जिङ शेर्पा लगायतले साधारण सभालाई सम्बोधन गरेका थिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : ३८ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा