रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ « Khabarhub

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक जना घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज १७ गते दिउँसो साढे ३ बजे देवदह नगरपालिका–५ स्थायी वतन भएका ४२ वर्षीय दीपक खरेल (दुर्गाप्रसाद) ले चलाएको पेस्तोलबाट १ राउन्ड गोली फायर भएको थियो। गोली लाग्दा बुटवल उपमहानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। उनको दाहिने गालाको छाला खोसिएर चोट लागेको र देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले पेस्तोल र दुई राउन्ड गोलीसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल (दुर्गाप्रसाद), ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।

उनीहरूको साथबाट १ थान पेस्तोल र २ राउन्ड गोली बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  २ : २७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको