कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ) « Khabarhub

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। आइतबार उद्घाटन हुने महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

वर्षाका कारण २ दिन ढिला गरी सुरु हुन लागेको महाधिवेशनमा देशभरका साथै विदेशबाट गरी करिब सात हजार सात सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्दै छन् ।

महाधिवेशन तालिकाअनुसार असोज १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ। निर्वाचन समितिले असोज १९ गते सोमबार अपराह्न २ देखि ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय तोकेको छ।

यसपटक महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै आयोजना गरिएको छ। बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नाम दिइएका तीनवटा अलगअलग हल निर्माण गरिएको छ, जहाँ डिजिटल बोर्डमार्फत पदाधिकारीका प्रतिवेदनहरू प्रस्तुत र छलफल गरिनेछ।

हालैको प्राकृतिक विपद्‌का कारण पार्टीले महाधिवेशनमा तडकभडक र प्रिन्ट प्रचार सामग्री (ब्यानर, पोस्टर, फ्लेक्स) मा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रचारका लागि केवल डिजिटल माध्यम मात्र प्रयोग गरिएको छ।

यस महाधिवेशनबाट २३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। विधानको नयाँ व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवा, महिला र विज्ञ समूह (ल्याटरल इन्ट्री) का लागि नेतृत्वमा विशेष आरक्षणको व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  २ : ४२ बजे

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन