कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल « Khabarhub

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ महाधिवेशन केवल पद व्यवस्थापनका लागि मात्र नभई पार्टीको वर्तमान र भविष्यबारे गम्भीर समीक्षा गर्ने थलो भएको बताएकी छन्।

आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै भावी बाटो तय गर्नुपर्नेमा जोड दिइन्।

“२००४ सालदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने तथा खुला संवाद गर्ने थलोका रूपमा यो महाधिवेशन भइरहेको छ,” उनले भनिन्।

उनले कांग्रेसका नेता-कार्यकर्ताका साथै सम्पूर्ण लोकतन्त्रप्रेमीहरूका लागि यो महाधिवेशन आत्मसमीक्षाको उत्तम अवसर भएको उल्लेख गरिन्। महाधिवेशनमार्फत पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा निर्देश गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ३८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको