कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू) « Khabarhub

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । आइतबार उद्घाटन हुने महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।

वर्षाका कारण २ दिन ढिला गरी सुरु हुन लागेको महाधिवेशनमा देशभरका साथै विदेशबाट गरी करिब सात हजार सात सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्दै छन्  ।

महाधिवेशन तालिकाअनुसार असोज १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ। निर्वाचन समितिले असोज १९ गते सोमबार अपराह्न २ देखि ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

यसपटक महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै आयोजना गरिएको छ । बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नाम दिइएका तीनवटा अलगअलग हल निर्माण गरिएको छ, जहाँ डिजिटल बोर्डमार्फत पदाधिकारीका प्रतिवेदनहरू प्रस्तुत र छलफल गरिनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ४४ बजे

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता