कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू) « Khabarhub

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । आइतबार उद्घाटन हुने महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।

वर्षाका कारण २ दिन ढिला गरी सुरु हुन लागेको महाधिवेशनमा देशभरका साथै विदेशबाट गरी करिब सात हजार सात सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्दै छन्  ।

महाधिवेशन तालिकाअनुसार असोज १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ। निर्वाचन समितिले असोज १९ गते सोमबार अपराह्न २ देखि ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

यसपटक महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै आयोजना गरिएको छ । बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नाम दिइएका तीनवटा अलगअलग हल निर्माण गरिएको छ, जहाँ डिजिटल बोर्डमार्फत पदाधिकारीका प्रतिवेदनहरू प्रस्तुत र छलफल गरिनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ४४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको