कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे « Khabarhub

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण र पुस्तान्तरण अरु पार्टीले सिक्न आवश्यक रहेको बताएका छन् । पार्टीको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले पछिल्लो जनभावना अनुसार पार्टीलाई बदलेको उल्लेख गरे ।

पछिल्लो समय कांग्रेसमा नेताहरु उत्साहित रहेको बताउँदै उनले पाँचै वटा पुस्तालाई समेटेर पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेस बदलिएको विषयमा भ्रममा नपर्न आग्रह गर्दै बदलिएको कांग्रेसमा सबै सहयात्रा गरेर अगाडि बढ्नुपर्ने घिमिरेको भनाइ छ । ‘कांग्रेस बदलिएको छ, बदलिएको कांग्रेसमा सबैले सहयात्रा गरेर अगाडि बढौं ।’ घिमिरेले भने, ‘म साथीहरूलाई उत्साहजनक ढंगले महाधिवेशनमा सहभागी हुन आग्रह गर्दछु । काहीँ कतै भ्रममा नपर्नुहोला ।’

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ५० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको