कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे « Khabarhub

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण र पुस्तान्तरण अरु पार्टीले सिक्न आवश्यक रहेको बताएका छन् । पार्टीको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले पछिल्लो जनभावना अनुसार पार्टीलाई बदलेको उल्लेख गरे ।

पछिल्लो समय कांग्रेसमा नेताहरु उत्साहित रहेको बताउँदै उनले पाँचै वटा पुस्तालाई समेटेर पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेस बदलिएको विषयमा भ्रममा नपर्न आग्रह गर्दै बदलिएको कांग्रेसमा सबै सहयात्रा गरेर अगाडि बढ्नुपर्ने घिमिरेको भनाइ छ । ‘कांग्रेस बदलिएको छ, बदलिएको कांग्रेसमा सबैले सहयात्रा गरेर अगाडि बढौं ।’ घिमिरेले भने, ‘म साथीहरूलाई उत्साहजनक ढंगले महाधिवेशनमा सहभागी हुन आग्रह गर्दछु । काहीँ कतै भ्रममा नपर्नुहोला ।’

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ५० बजे

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता