महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ? « Khabarhub

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा आगामी चार वर्षका लागि आर्थिक तथा अर्थ राजनीतिक कार्यदिशा पनि प्रस्तुत गरिएको छ । 

प्रतिवेदनमा बीपी कोइरालाको समाजवादी दृष्टिकोणलाई आधुनिक सामाजिक बजार अर्थतन्त्रसँग जोड्दै २१औँ शताब्दीको आवश्यकता र बदलिँदो सामाजिक(आर्थिक परिस्थितिअनुसार वैचारिक नवीकरण गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिवेदनले आर्थिक वृद्धिदरलाई मात्र समुन्नतिको मापदण्ड नपानी शिक्षा, स्वास्थ्य, पोषण, सीप र क्षमतालाई विकासको आधार बनाउँदै समुन्नत नेपाल, सम्मानित नेपाली को अवधारणा अघि सारेको छ । यसमा विकास निर्माणका कार्य सरकार एक्लैले नभई नागरिक, समुदाय, निजी क्षेत्र, सहकारी, विश्वविद्यालय र विज्ञको सहकार्यमा अघि बढाउने नीतिगत जोड दिइएको छ ।

अर्थतन्त्र र निजी क्षेत्रका सम्बन्धमा प्रतिवेदनले निजी क्षेत्रलाई केवल कर असुलीको स्रोत नभई सम्पत्ति निर्माण, उत्पादन, नवप्रवर्तन र रोजगारीको मुख्य इन्जिनका रूपमा स्वीकार गरेको छ । 

निजी लगानीको सुरक्षा र नीतिगत स्थिरता सुनिश्चित गर्दै व्यापार गर्न सहज वातावरण बनाउने तथा सरकार र निजी क्षेत्रको सम्बन्धलाई नियमन र कर असुलीबाट सहकार्य र साझेदारीतर्फ लैजाने प्रस्ताव गरिएको छ ।

नेपाली अर्थतन्त्रलाई आयात र विप्रेषणमा निर्भर ढाँचाबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजाने लक्ष्य प्रतिवेदनमा राखिएको छ । यसका लागि कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, उद्योग र डिजिटल प्रविधिलाई आर्थिक वृद्धिका प्रमुख आधार बनाइनेछ भने वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई कृषि, उद्योग, पर्यटन र प्रविधिजस्ता उत्पादनशील क्षेत्रमा लगानी रूपान्तरण गरिनेछ । 

साथै जलस्रोत तथा स्वच्छ ऊर्जालाई औद्योगीकरण र हरित ऊर्जा निर्यातको मुख्य आधार बनाउने नीति लिइएको छ ।

आर्थिक असमानता सम्बोधन गर्न प्रतिवेदनमा असमानता बढिसकेपछि मात्र कर र अनुदानमार्फत समाधान खोज्नुको साटो सुरुदेखि नै अवसर समान बनाउने  पूर्ववितरणात्मक न्यायको नयाँ अवधारणा अघि सारिएको छ । 

यसअन्तर्गत शिक्षा, स्वास्थ्य, सीप, वित्त र रोजगारीमा समान पहुँच सुनिश्चित गरी नागरिकको प्रारम्भिक अवस्थालाई नै न्यायपूर्ण बनाउने आर्थिक नीति प्रस्ताव गरिएको छ।

यसैगरी, जलवायु परिवर्तनलाई वातावरणीय मात्र नभई आर्थिक र राष्ट्रिय सुरक्षाको विषयका रूपमा हेर्दै हरित ऊर्जा र प्राकृतिक स्रोतको दिगो उपयोगलाई आर्थिक अवसरसँग जोड्ने तथा अन्तरपुस्तीय न्याय कायम गर्ने नीति समेटिएको छ । 

प्रतिवेदनले राष्ट्रिय स्वाधीनतालाई औपचारिक सार्वभौमिकतामा मात्र सीमित नराखी ऊर्जा, खाद्य, वित्त र प्रविधिमा आन्तरिक क्षमता बढाउँदै अर्थतन्त्रलाई सुदृढ बनाउने अर्थ राजनीतिक दृष्टिकोण प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ०३ बजे

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता