देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन « Khabarhub

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको स्थिति लिकभन्दा बाहिर गएको र विद्यमान राजनीतिक समस्या पात्रमा मात्र नभई व्यवस्था र संविधानमै रहेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गलत कुरा औँल्याउँदा प्रहार हुने प्रवृत्ति अझै कायम रहेको बताए।

“हिजो एउटा कुनै समय थियो, कसैको विरोध गर्‍यो भने गोली आउँथ्यो; आज गलत कुरा कसैले औँल्यायो भने सामाजिक सञ्जाल आइलाग्छ,” उनले भने, “पात्र फेरिएका छन्, तर प्रवृत्ति भने फेरिएको छैन।”

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले देशमा विद्यमान समस्या व्यक्तिविशेषमा मात्र सीमित नरहेर व्यवस्था र संविधानमै रहेको जिकिर गरे। उनले राजनीतिक दलहरूलाई आत्मालोचित हुँदै देशलाई सही बाटोमा ल्याउन र संविधानका त्रुटिहरूमाथि पुनर्विचार गर्न आग्रह गरे।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ४९ बजे

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता