देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन « Khabarhub

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको स्थिति लिकभन्दा बाहिर गएको र विद्यमान राजनीतिक समस्या पात्रमा मात्र नभई व्यवस्था र संविधानमै रहेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गलत कुरा औँल्याउँदा प्रहार हुने प्रवृत्ति अझै कायम रहेको बताए।

“हिजो एउटा कुनै समय थियो, कसैको विरोध गर्‍यो भने गोली आउँथ्यो; आज गलत कुरा कसैले औँल्यायो भने सामाजिक सञ्जाल आइलाग्छ,” उनले भने, “पात्र फेरिएका छन्, तर प्रवृत्ति भने फेरिएको छैन।”

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले देशमा विद्यमान समस्या व्यक्तिविशेषमा मात्र सीमित नरहेर व्यवस्था र संविधानमै रहेको जिकिर गरे। उनले राजनीतिक दलहरूलाई आत्मालोचित हुँदै देशलाई सही बाटोमा ल्याउन र संविधानका त्रुटिहरूमाथि पुनर्विचार गर्न आग्रह गरे।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ४९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको