काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोड क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ ।
आइतबार दिउँसो न्यूरोडमा सरसामान खरिद गर्न आउनेको चाप उल्लेख्य देखिएको छ । दसैँका लागि कपडा, जुत्ता चप्पललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड बढेसँगै बजार क्षेत्रमा चहलपहलसमेत बढेको छ ।
पैदलयात्रीको चाप बढेपछि न्यूरोड क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको छ । पैदलयात्रीको बाक्लो उपस्थितिका कारण सवारीसाधन जाममा पर्ने गरेका छन् ।
दसैँ नजिकिँदै जाँदा आगामी दिनमा न्यूरोडलगायत काठमाडौँका प्रमुख बजार क्षेत्रमा किनमेल गर्नेको भीड अझ बढ्ने देखिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया