दसैँ नजिकिएसँगै न्यूरोडमा बढ्यो किनमेल गर्नेको भीड (तस्बिरहरू) « Khabarhub

दसैँ नजिकिएसँगै न्यूरोडमा बढ्यो किनमेल गर्नेको भीड (तस्बिरहरू)


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोड क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ ।

आइतबार दिउँसो न्यूरोडमा सरसामान खरिद गर्न आउनेको चाप उल्लेख्य देखिएको छ । दसैँका लागि कपडा, जुत्ता चप्पललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड बढेसँगै बजार क्षेत्रमा चहलपहलसमेत बढेको छ ।

पैदलयात्रीको चाप बढेपछि न्यूरोड क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको छ । पैदलयात्रीको बाक्लो उपस्थितिका कारण सवारीसाधन जाममा पर्ने गरेका छन् ।

दसैँ नजिकिँदै जाँदा आगामी दिनमा न्यूरोडलगायत काठमाडौँका प्रमुख बजार क्षेत्रमा किनमेल गर्नेको भीड अझ बढ्ने देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : २५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको