पोखरीमा डुबेर दुई किशोरीको मृत्यु « Khabarhub

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही ठाउँकै १४ वर्षिया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरीको शनिबार साँझ डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउने बित्तिकै अस्थायी प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दाको सहयोगमा पोखरीमा दुवै किशोरीलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी एवं प्रहरी निरिक्षक राजाबाबु ठाकुरले जानकारी दिए । 

खोजीकै क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए । 

मृतक दुवै किशोरीको शव परीक्षणका लागी प्रादेशिक अस्पताल कलैयामा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३४ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा