पोखरीमा डुबेर दुई किशोरीको मृत्यु « Khabarhub

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही ठाउँकै १४ वर्षिया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरीको शनिबार साँझ डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउने बित्तिकै अस्थायी प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दाको सहयोगमा पोखरीमा दुवै किशोरीलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी एवं प्रहरी निरिक्षक राजाबाबु ठाकुरले जानकारी दिए । 

खोजीकै क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए । 

मृतक दुवै किशोरीको शव परीक्षणका लागी प्रादेशिक अस्पताल कलैयामा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको