‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’ « Khabarhub

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् ।   

आइतबारबाट काठमाडौंमा सुरु पार्टीको १५ औं महाधिवेशन उद्घाटन समारोहमा उपसभापति शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर नयाँ भिजन र धारणाका साथ अगाडि बढेको भन्दै महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका हुन् । 

उनले  बी.पी. कोइरालाले स्थापना गरेको पार्टीलाई पुराना अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले सबल ढङ्गले हाँकिरहेको र देशको मुहार उज्यालो बनाउन योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

साथै उनले संविधान संशोधन केवल संसद्को गणितको विषय मात्र नभई यसमा सबैको अपनत्व र भावना जोडिनुपर्ने बताए । संशोधन प्रक्रियामा हाल संसद्मा नरहेका तर विगतमा संविधान सभामा रहेका दलहरूलाई पनि समेटेर अगाडि बढ्न सरकारलाई उनले आग्रह गरे

उनले जेन्जी आन्दोलन, मधेस आन्दोलन, ६२/६३ को आन्दोलन, थारूहट आन्दोलनका साथै दलित, जनजाति र कर्णालीका भूगोलले उठाएका समावेशी अधिकारहरूलाई कुनै आँच नपुर्‍याई संशोधन गर्नुपर्नेमा जोड दिए ।  

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ४४ बजे

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा