काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु पार्टीको १५ औं महाधिवेशन उद्घाटन समारोहमा उपसभापति शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर नयाँ भिजन र धारणाका साथ अगाडि बढेको भन्दै महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका हुन् ।
उनले बी.पी. कोइरालाले स्थापना गरेको पार्टीलाई पुराना अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले सबल ढङ्गले हाँकिरहेको र देशको मुहार उज्यालो बनाउन योगदान पुर्याउने प्रतिबद्धता जनाए ।
साथै उनले संविधान संशोधन केवल संसद्को गणितको विषय मात्र नभई यसमा सबैको अपनत्व र भावना जोडिनुपर्ने बताए । संशोधन प्रक्रियामा हाल संसद्मा नरहेका तर विगतमा संविधान सभामा रहेका दलहरूलाई पनि समेटेर अगाडि बढ्न सरकारलाई उनले आग्रह गरे
उनले जेन्जी आन्दोलन, मधेस आन्दोलन, ६२/६३ को आन्दोलन, थारूहट आन्दोलनका साथै दलित, जनजाति र कर्णालीका भूगोलले उठाएका समावेशी अधिकारहरूलाई कुनै आँच नपुर्याई संशोधन गर्नुपर्नेमा जोड दिए ।

















प्रतिक्रिया